+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्की दिए : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १३:५९

९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् ।

‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर गर्‍यो भने आन्दोलन गर्छु रे ।’

संसद् पुनर्स्थापनाको विकल्प नभएको डा. कोइरालाको निष्कर्ष छ । उनले भने, ‘सर्वोच्चले कुन धारा टेकेर असंवैधानिक संसद् विघटनलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियाली रहेका छन् किनभने संसद् पुनर्स्थापनाको अर्को विकल्प नै छैन ।’

सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको नेता कोइरालाको भनाइ छ । अधिनायकवादको परिणतिको रुपमा यो निर्देशिका आएको उनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?