+
+
Shares

दिवा खाजाको मेनुमा मकैको खीरदेखि कोदोको पुवासम्म

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १७:२८

९ फागुन काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको तालिका सार्वजनिक गरेको छ ।

केन्द्रले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढ्ने ४ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजाको मेनु सार्वजनिक गरेको हो ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगाका लागि ६ थरी खाजा सिफारिस गरेको छ ।

जसमा पोषिलो जाउलो, मकैको खीर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, र आलु पनीर रहेको छ ।

मध्य पहाडका जिल्ला सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत, लमजुङका लागि पोषिलो जाउलो, कोदोको हलुवा, तरकारी, चिउरा मासु, क्वाँटी, मकैको खीर, र तरकारी र पानी रोटी सिफारिस गरेको छ ।

पश्चिम पहाडी जिल्ला बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी, डडेलधुरा जिल्लामा पोषिलो जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो र कोदोका पुवा दिवा खाजाका लागि सिफारिस गरिएको छ ।

पुर्वी तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका बालबालिकाका लागि खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, चिउरा मासु र मकैको लावा फूल खाजा सिफारिस गरिएको छ ।

पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका बालबालिकाको मेनुमा भुटेको अण्डा र भात, चना, चिउरा, रोटी अचार, गेडागुडी साँधेको र दही चिउरा र तरकारी रहेको छ ।

पुर्वी हिमाली क्षेत्रका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभाका बालबालिकाको लागि मासको जाउलो, मकैको खीर, आलुदम, फापरको ढिँडो, कोदोको पुवा र क्वाँटीलाई मेनुमा राखिएको छ ।

मध्य हिमाली क्षेत्रका दोलखा, रसुवा, गोरखा, मनाङ र मुस्ताङ जिल्लाका बालबालिकाको लागि जाउलो, अण्डा भुजा, क्वाँटी, कोदोको हलुवा, हरियो मकैको तरकारी र आलुदम मेनुमा राखिएको छ ।

पश्चिम हिमाली क्षेत्रका जुम्ला, हुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरा र दार्चुलाका बालबालिकाका लागि मेनु १ मा पोषिलो जाउलो, मेनु २ मा कोदोको हलुवा तरकारी, मेनु ३ मा कला र सिमीको कोल, मेनु ४ मा फापरको लगर, मेनु ५ मा मकै भटमास र मेनु ६ मा चिनोको खिर र तरकारी राखिएको छ ।

दिवा खाजा तालिकामा खाजा बनाउँदा लाग्ने खर्च र यसबाट बालबालिकाले प्राप्त गर्ने पोषक तत्व पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस् दिवा खाजाको मेनु 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?