 
																			विगत केही वर्षहरूमा घटेका घटनाहरू जस्तै गोरखा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्प, आर्थिक नाकाबन्दी र हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ भाइरस आदिका कारण बिमा प्रत्येक परिवारमा चर्चाको विषय बन्ने गरेको छ । हामीले यस्तो जोखिम र सोबाट हुनसक्ने मानवीय एवं आर्थिक क्षतिबाट सुरक्षित रहनुपर्ने आवश्यकताको महसुस गर्दै यसबारे सजग हुन थालेका छौं । जीवनमा भइपरी आउने आकस्मिक अवस्थाका लागि योजना बनाउनु र आफूसँग भएको नगदलाई जोखिममा नपारी बचत गर्नु हरेक परिवारमा छलफलको प्रमुख एजेण्डा हुने गरेको छ ।
विश्वव्यापी महामारी तीव्र रूपमा फैलिरहेको यस क्षणमा मानिसहरूले स्वाभाविक रूपमा उनीहरूको वित्तीय अवस्था मजबुत बनाउनका निमित्त विभिन्न वित्तीय योजनाहरूको समीक्षा गरिरहेका छन् । जीवनबिमा मानिसको अकाल मृत्युबाट परिवारमा पर्नसक्ने आर्थिक संकटबाट जोगाउने तथा लामो समयावधिमा बचतको रूपमा प्रतिफल प्रदान गर्ने एक अनुपम वित्तीय उपकरण हो । यसका अतिरिक्त, यसले गम्भीर रोग, दुर्घटनात्मक मृत्यु र अशक्तता आदि जस्ता अन्य जोखिमविरुद्ध पनि आर्थिक सुरक्षा प्रदान गर्छ ।
यस्ता बहुमुखी विशेषताहरूका कारण जीवन बिमाले ग्राहकहरूलाई स्वास्थ्य सुरक्षा, बच्चाहरूको उज्वल भविष्य तथा आफ्नो सेवानिवत्त भएपश्चातको बुढेशकालका लागि आर्थिक बचतको योजना बनाउन सहयोग गर्छ । यहाँ मैले मानिसलाई आफ्नो जीवनकालमा सुरक्षाको प्रत्याभूति महसुस गराउन जीवन चरणको आधारमा सही जीवनबिमा लगानीको योजना बनाउन मद्दत मिल्ने केही प्रमुख प्रसंगहरूलाई विस्तार गर्ने प्रयास गरेको छु ।
करियरको सुरुवाती चरणको लागि
जीवनको पूर्वाद्र्घमा दायित्वहरू कम र भविष्यको आम्दानीका सम्भावनाहरू उच्च हुने हुँदा हामीसँग गणनात्मक जोखिम र सोबाट लाभ उठाउन प्रशस्त समय हुन्छ । यस चरणमा आयको अनुपातलाई अलग गरी वित्तीय साधनहरूको मिश्रण मिलाउँदै लगानीको रूपमा बचत गर्नु उत्तम समय हो । जोखिम बहन गर्नसक्ने उच्च क्षमता हुने हुँदा व्यक्तिले विश्वव्यापी जीवन वा आवधिक बिमा योजनाहरू जस्ता उच्च प्रतिफल वा ब्याजदर भएको दीर्घकालीन लाभ दिने लगानीका विकल्पहरूको विश्लेषण गर्नुपर्छ ।
 सुरुवाती चरणमा मानिस स्वास्थ्यको मामलामा सबैभन्दा सक्रिय हुने भएकाले आफ्नो स्वास्थ्य सुरक्षाको मजबुत आधार निर्माण गर्ने यो उत्तम समय पनि हो । आवधिक योजनाहरू जीवन सुरक्षण गर्ने सस्ता जीवन बिमाका उपायहरू हुन् । जसको प्रयोगबाट बिमितले पर्याप्त रकम जम्मा गर्न सक्छन् । कलिलो उमेरमा प्रिमियम अत्यन्तै कम हुने भएकाले व्यक्तिले आफ्नो हालको वार्षिक कमाइको १५–२० गुणा बढी सुरक्षण गर्नुपर्छ ।
सुरुवाती चरणमा मानिस स्वास्थ्यको मामलामा सबैभन्दा सक्रिय हुने भएकाले आफ्नो स्वास्थ्य सुरक्षाको मजबुत आधार निर्माण गर्ने यो उत्तम समय पनि हो । आवधिक योजनाहरू जीवन सुरक्षण गर्ने सस्ता जीवन बिमाका उपायहरू हुन् । जसको प्रयोगबाट बिमितले पर्याप्त रकम जम्मा गर्न सक्छन् । कलिलो उमेरमा प्रिमियम अत्यन्तै कम हुने भएकाले व्यक्तिले आफ्नो हालको वार्षिक कमाइको १५–२० गुणा बढी सुरक्षण गर्नुपर्छ ।
नेपालमा प्रत्येक दशक बित्दै जाँदा जीवन प्रत्यासामा पनि सुधार हुँदै गएको र औसत् आयु पनि बढ्दै गएकाले हामी धेरैजना लामो समयसम्म बाँच्न सक्ने सम्भावना पनि बढ्दै गएको छ । यसकारण आफूले बिमा योजना रोज्दा दीर्घकालीन आवधिक बिमा रोज्नुपर्छ । बिमाको प्रिमियमलाई आजै लक गरी भविष्यमा आफ्नो वृद्घि हुने आय वा दायित्वहरूको व्यवस्थित रूपमा सुरक्षण गराउने योजनाहरू पनि हाल उपलब्ध रहेका छन् । बिमा गर्ने व्यक्तिले भावी जीवन चरणमा बढ्ने दायित्वहरूलाई बहन गर्न अनुमति प्रदान गर्ने लचिलो विकल्पहरू पनि खोज्नुपर्छ ।
प्रिमियम थोरै हुने र कम उमेरमा स्वास्थ्य सुरक्षण लिन पनि सजिलो हुने हुँदा मानिसले जीवनको सुरुवाती चरणमै व्यापक स्वास्य बिमा योजना खरिद गर्ने विचार पनि गर्नुपर्छ । यदि कसैलाई निजको कार्यालय वा नियोक्ताले बिमा सुविधा प्रदान गरेको भए तापनि आफूसँग व्यक्तिगत स्वास्थ्य बिमा योजना हुनु लाभदायक हुने गर्छ । यहाँ मूलतः २ प्रमुख स्वास्थ्य बिमा योजनाहरू रहेका छन् – गम्भीर बिमारी योजनाहरूले निर्दिष्ट रोगहरू वा दुर्घटनात्मक क्षतिको निदानमा हुन सक्ने जस्तो सुकै अस्पताल भर्नाको लागतविरुद्घ सुरक्षण प्रदान गर्ने हुँदा बिरामीलाई थप आर्थिक सहजता प्रदान गर्छ । हरेक व्यक्तिले आफ्नो करियरमा अघि बढ्दै जाँदा बिमा सुरक्षा अद्यावधिक गराइराख्नुपर्छ र आफ्नो बढ्दो आयसँग मेल खाने सुरक्षा योजना थप्दै लैजानुपर्छ ।
पदोन्नति – विवाह र जीवनमा सन्तानको स्वागत
यो एक सुन्दर चरण हो, जहाँ मानिस दाम्पत्य जीवनमा एक अर्काप्रति समर्पित भई स्थायी रूपमा परिवार बसाउन रुचाउँछन् । यो समय घर वा गाडी खरिद गर्ने तथा अन्य जीवनका लक्ष्यहरूको योजना बुन्ने समय पनि हो । जीवनचक्रको यस घडीमा मानिसको काँधमा आफ्नो परिवार लगायत आफूसँग आश्रित आमाबुबाको राम्रो पालन गर्ने, सन्तानको भविष्यका लागि सही योजना बनाउने जिम्मेवारीहरूका अलावा, घर वा गाडी कर्जाको दायित्वहरू पनि आउन सक्छ ।
यदि तपाईंले अहिलेसम्म जीवन बिमामा लगानी सुरु गर्नुभएको छैन भने यो सही समय हो ।
मानिसले जीवन बिमा आफ्नो मृत्यु हुन्छ भनेर खरिद गर्ने होइन तर आफूले माया गर्ने मान्छे बाँचिरहेका छन् भनेर खरिद गर्ने हो । सन्तुलित वित्तीय पोर्टफोलियोका लागि परम्परागत बैङ्किङ उपकरणहरू जस्तै मुद्दति, निश्चित प्रतिफल दिने सामूहिक लगानी योजनाहरूको विविध मिश्रण हुनुका साथै सबैभन्दा पहिले यथेष्ट स्वास्थ्य तथा जीवन बिमा हुन अपरिहार्य छ ।
जीवन बिमा खरिदका लागि नियम उही नै रहन्छ, बिमितले उचित जीवन बिमा योजनामार्फत अन्य दायित्वहरू जस्तै घर कर्जा इत्यादिको सुरक्षण पनि आवश्यकताअनुसार गर्दै लैजानुपर्छ र साथसाथै आर्थिक संकटबाट जोगिन गम्भीर बिमारी योजनाहरूमा पनि लगानी गरिरहनुपर्छ ।
यसका अतिरिक्त परिवारमा सन्तानको आगमनपश्चात् उनीहरूलाई पनि बिमा योजनामा सामेल गराउँदै लैजानुपर्छ । सन्तान वृद्घिसँगै पारिवारिक खर्च पनि बढ्दै जाने गर्छ तसर्थ बेलामै बच्चालाई लाग्ने भावी खर्चहरू जस्तै शिक्षा, स्वास्थ्य आदिको सुरक्षणका लागि व्यवस्थित प्रावधान प्रदान गर्ने बच्चा बिमा योजना खरिद गर्नु बुद्घिमानीपूर्ण चाल हुने गर्छ । यो समय चाँडै नै भए तापनि कम्पाउन्डिङको फाइदा लिन आफ्नो अवकास योजनामा लगानी गर्नु पनि उपयुक्त हो ।
सुनौलो भविष्य तर्फ – एक आरामदायी अवकासको प्रतीक्षा
जीवनको मध्यमा पुग्दा मानिसहरू प्रायः अभिभावकको जिम्मेवारीबाट मुक्त हुँदै गएको महसुस गर्छन् । जीवनचक्रको यो चरण आफ्नो बाँकी जीवनकाल– विशेषगरी अवकासपछिका दिनहरूका लागि निश्चित आम्दानीको श्रोत सुरक्षित गर्ने उपयुक्त समय हो । यदि कसैले अझै पनि विस्तृत अवकास योजना बनाएको छैन भने त्यस्ता व्यक्तिहरूका लागि यो सही समय हुने गर्छ । उपयुक्त योजना बनाएकाहरूले आफ्नो योजनाहरूमा संकलन जारी राख्न वा सुरक्षित आयका श्रोतहरूका लागि सार्वभौमिक जीवन वा अवकास बिमा योजनाहरू पनि रोज्न सक्छन् ।
जीवनको यो चरण पर्याप्त आवधिक जीवन तथा स्वास्थ्य बिमा प्राप्त गर्ने अन्तिम समय पनि हो । आफ्नो उमेर बढ्दै जाँदा यी योजनाहरू प्राप्त गर्न गाह्रो र प्रिमियमहरू पनि महँगो पर्दै जान्छ । आफ्नो विरासत बनाउन कम लागतको साधनको रूपमा काम गर्ने आवधिक बिमा हरेक व्यक्तिले आफ्नो वित्तीय पोर्टफोलियोको एक हिस्सा बनाउनुपर्छ । साथै, जीवन र स्वास्थ्य सुरक्षा योजनाहरुको निरन्तरता सुनिश्चित गर्न पनि यो निकै महत्वपूर्ण रहेको छ ।
व्यक्तिको वित्तीय योजनाहरू निजको जीवनचक्र र त्यस चरणका विशेष आवश्यकताहरूसँग समन्वय राख्ने खालको हुनु जरुरी छ । यसर्थ जीवनचक्रको परिवर्तनसँगै बिमितले जीवन बिमा सुरक्षाका लागि आफ्नो आवश्यकताको पूनर्मूल्याङ्कन गरिरहनुपर्छ । (राजभण्डारी मेटलाइफ नेपाल प्रबन्धक हुन् ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4