+

टोटनहमलाई हराउँदै वेष्टहम चौथो स्थानमा उक्लियो

२०७७ फागुन  ९ गते २०:१० २०७७ फागुन ९ गते २०:१०
टोटनहमलाई हराउँदै वेष्टहम चौथो स्थानमा उक्लियो

९ फागुन, काठमाडौं । टोटनहम हट्सपरलाई पाजित गर्दै वेष्टहम युनाइटेड प्रिमियर लिगको अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

आइतबार भएको लण्डन डर्बी खेलमा वेष्टहमले टोटनहमलाई २-१ ले पराजित गरेको हो । घरेलु मैदानमा वेष्टहमलाई जित दिलाउन मिचेल एन्टोनिओ र जेस लिनगार्डले एक/एक गोल गरे । टोटनहमका लागि लुकास माउराले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा एन्टोनिओले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता काम राखेको वेष्टहमका लागि ४७औं मिनेटमा लिनगार्डले गोल गर्द अग्रता दोब्बर पारे ।

टोटनहमका लुकासले ६४औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

जितपछि २५ खेलबाट ४५ अंक जोडेको वेष्टहम अर्को लण्डन क्लब चेल्सीलाई २ अंकले पछि पार्दै चौथो स्थानमा उक्लेको हो । समान खेलबाट चेल्सी ४३ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

टोटनहम २४ खेलबाट ३६ अंकसहित नवौं स्थानमा छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय