Comments Add Comment

मालिसका अनेक लाभ

शिशुलाई तेलले मालिस गरिदिने हाम्रो परम्परा नै हो । खासगरी तोरीको तेलमा लसुन र मेथी फुराएर राम्ररी मालिस गरेपछि शिशुको शारीर बलियो र तन्दुरुस्त हुन्छ । यसले रक्तसंचार राम्ररी गराउँछ, जोर्नीहरुलाई लचिलो र मांसपेशीलाई बलियो बनाउँछ । त्यसैगरी सुत्केरी वा बुढाबुढीलाई पनि मालिस गरिन्छ ।

यद्यपि जुनसुकै उमेरका वा जस्तोसुकै अवस्थाका व्यक्तिलाई पनि मालिसले लाभ गर्छ । किनभने मालिसले नाडी–संस्थान (नर्वस सिस्टम)लाई उत्तेजित गराउँछ, जसले शरीरको अन्या क्रिया सहि ढंगबाट हुन्छ ।

खासमा मालिसको आधार हो, स्पर्श । यसमा हातको माध्यामबाट अर्काको शरीरमा स्पर्श गरिन्छ, जसमा प्राकृतिक तातोपन हुन्छ । जसले मालिस गर्छ, उसको शक्ति र गर्मी हाम्रो शरीरले ग्रहण गर्छ । मालिस गर्नेको शक्ति उसको औंलाबाट निस्किएर मालिस गराइरहेका व्यक्तिको शरीरमा प्रविष्ट हुन्छ ।

मालिसले शरीरमा रक्त–संचालन समान रुपले हुन्छ, जसले शरीरमा रोग लाग्दैन । श्वास, मलमूत्र र पसिनाको माध्यामबाट बिकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । मालिसले शरीरको भित्री अंग जस्तै, फोक्सो, आन्द्रादेखि छालासम्मलाई बलियो बनाउँछ ।

मालिसले पाचन यन्त्र, कलेजो, छोटो आन्द्रा र अन्य गन्थ्रीलाई उत्तेजित गर्छ, जसको मद्दतले तिनीहरुले आफ्नो कार्य  ठीक ढंगले गर्छ । यसले मोटोपन समेत घटाउन सहयोग गर्छ । छालाको रोमछिद्र खुल्छ ।

मालिसले मांसपेशी तथा छाला लचिलो एवं नरम हुन्छ । यसले शरीरमा स्फूर्ति बढाउँछ । जसलाई व्यायाम गर्ने फुर्सद छैन, उनीहरुले समेत मालिसबाट फाइदा लिन सक्छन् ।

मालिसको विधी

– मालिस शरीरको तल्लो भाग अर्थात खुट्टा, पैतलाबाट सुरु गरेर माथितिर गर्दै जानुपर्छ ।

-खुट्टाबाट सुरु गरेको मालिस पेट, छातीको मालिस गर्नुपर्छ । त्यसपछि कम्मरको मालिस गर्नुपर्छ । अन्त्यमा टाउकोको मालिस गर्नुपर्छ ।

-यदि मालिस गराउने व्यक्ति उच्च रक्तचापले ग्रस्त छन् भने उसको मालिस शरीरको माथिल्लो भागबाट तलतिर गराउँदै आउनु पर्छ । यो मालिस एकदमै सावधानीपूर्वक विस्तारै गर्नुपर्छ ।

-यदि मौसम गर्मी छ भने मालिस गर्ने स्थान सितल र यदि जाडो मौसम छ भने मालिस गर्ने स्थान न्यानो हुनुपर्छ ।

– मालिस गराइरहेका व्यक्तिले त्यस क्रममा गहिरो सास लिदै छाड्नुपर्छ ।

-मालिस बिहान नुहाउनुअघि वा राती सुत्नुअघि एकदमै राम्रो हुन्छ ।

-ज्वरो आएको बेला, सुन्निएको अवस्थामा मालिस गर्नु हुँदैन ।

-मालिस गर्दा विस्तारै–विस्तारै दबाब दिएर गर्नुपर्छ । मालिस गर्दा तपाईको हात जति सन्तुलनमा रहन्छ, उत्तिनै फाइदा हुन्छ ।

– तेल लगाएर गरिने मालिस राम्रो मानिन्छ । खासगरी सरस्र्यू र नरिवलको तेल मालिसको लागि उपयोगी हुन्छ ।

-मालिस गर्ने व्यक्ति एकाग्र हुनुपर्छ । किनभने मालिस गर्ने व्यक्ति जति शान्त प्रवृत्तिका छन्, उत्तिनै लाभ मिल्छ । शुद्ध विचारले मालिस गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment