
१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् ।
संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।
संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई विरोधसभा घोषणा गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4