+
+
Shares

डा. भट्टराईले दिल्लीमा चिकित्सक भेटे, भोलि अस्पताल भर्ना हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १६:११

१० फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग परामर्श लिएका छन् ।

उनले नयाँ दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनले आफ्नो समस्याका बारेमा चिकित्सकसँग परामर्श लिएका हुन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली गएका हुन् ।

सँगै दिल्ली गएका जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार भट्टराई मंगलबार दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा भर्ना हुनेछन् । भर्ना भएपछि उनको थप स्वास्थ्य परीक्षण हुने पाण्डेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?