+
+
Shares

विप्लव समूहका नेता बास्तोला भन्छन् : प्रतिबन्ध हटाए वार्तामा बस्न तयार छौं

गौरव पोखरेल गौरव पोखरेल
२०७७ फागुन १० गते १७:१७

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर, वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका बास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा छुटेपछि उनले अदालत परिरसमा अनलाइनखबरसँग कुरा गर्दै बास्तोलाले भने, ‘हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार नै छ ।’

यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भएको उनले बताए । बास्तोलाले अघि भने, ‘यदि सरकारले वार्ता गर्ने हो भने हो भने हामी हाम्रो एजेण्डा राख्छौं ।’

वार्ता गर्छौं भन्ने, तर नेता कार्यकर्तालाई पक्राउ गरिरहेकाले सरकार समस्या समाधानमा कति गम्भीर हो भन्ने प्रश्न रहेको उनले बताए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?