+
+
Shares

आँचललाई मिलनकै फिल्म कुर्नुपर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १२:१२

लकडाउन सकिएलगतै कलाकारहरु चलचित्रको काममा फर्किन थालेका छन् । नायिकाहरु सुहाना थापा, जसिता गुरुङ, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी लगायतले चलचित्रको छायांकन सकिसकेका छन् ।

स्वस्तिमा खड्का, पूजा शर्मा लगायतका नायिकाहरु नयाँ चलचित्रको छायांकनको तयारीमा छन् । नायिका केकी अधिकारीले ‘बोक्सीको घर’को काम सुरु गरिसकेकी छिन् । तर, केही नायिकाहरुको हातमा भने नयाँ चलचित्र नै छैन ।

नायिका आँचल शर्माले गतबर्ष चलचित्र ‘झिंगे दाउ’मा काम गरिन् । यो चलचित्रको छायांकन सकिएपछि आँचलले बिहे गरेकी थिइन् । बिहे लगतै लकडाउन भएपछि करिब १० महिना चलचित्रको काम सुनसान नै बन्यो । तर, लकडाउन खुकुलो भएपछि कलाकारहरुले धमाधम चलचित्र साइन गरिरहेका थिए ।

नायिका शर्मालाई भने नयाँ चलचित्रको अफर गएको चर्चा छैन । बरु, उनी आफैले निर्माण गर्नेगरी निर्देशक मिलन चाम्सले नयाँ चलचित्र बनाउने चर्चा सुरु भयो । मिलनले बनाउन लागेको ‘गोर्खा वारियर २’मा आँचलले काम गर्ने हल्ला चलचित्र बजारमा छ । तर, यो पक्का भैसकेको छैन ।

यसैले, पनि आँचलले नयाँ चलचित्रका लागि मिलनसँगको सहकार्यलाई नै पर्खिनुपर्ने हो कि भन्ने देखिएको छ । म्यूजिक भिडियोमा आँचलको गज्जबको क्रेज छ । तर, चलचित्र बजारमा उनको उपस्थिती खासै सुखद देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?