+
+
Shares

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १४:३८

११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् ।

लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए ।

जंगलमा भएको दुर्घटनामा समयमै उद्धार हुन नसकेका उनीहरुलाई सोही बाटो बाराको जीतपुर जाँदै गरेका प्रदेश प्रमुख अहिराजले उद्धार गरेर अस्पताल पठाएका इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

एक कार्यक्रममा सहभागी हुन मंगलबार जीतपुर जाँदै गरेका प्रदेश प्रमुख अहिराजले मोटरसाइकल दुर्घटना भएको र घाइतेहरु छटपटाइरहेको देखेपछि स्कर्टिङमा रहेको गाडी रोक्न लगाएर उद्धारमा लागेका थिए ।

घाइतेहरुलाई रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारका लागि पठाइएको प्रदेश प्रमुख अहिराजले बताए ।

‘हामी गइरहँदा दुई वटा मोटरसाइकल लडेको र व्यक्तिहरु छटपटाइरहेका देख्यौं’ उनले भने, ‘लगत्तै हामीले गाडी रोकेर उनीहरुको उद्धार गरी अस्पताल पठाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?