
११ फागुन, जनकपुरधाम । सर्लाहीमा स्टेरिङमा च्यापिएर मंगलबार एकजना ट्याक्टर चालकको मृत्यु भएको छ ।
बलरा नगरपालिका-५ फुलवरियास्थित बैजुनाथ सुगर मिल प्रांगणमा आफूले चलाउँदै आएका ट्याक्टरको स्टेरिङमा च्यापिँदा रौतहटको गढीमाई नगरपालिका-८ निवासी १८ वर्षीय अवधेश पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिनी मिलको धर्म काँटाबाट निकाल्ने क्रममा पटेलले चलाइरहेको ना २ त ६९३४ नम्बरको ट्याक्टरको स्टेरिङमा च्यापिएका थिए । उनको घट्नास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4