
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले नेकपा अब एकढिक्का बनाएर लैजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते बनाएको नेकपा अब एकढिक्का बन्ने उनले बताए ।
‘केपी ओलीले नेकपा घाइते बनाउनुभएको थियो । तर, अब हामी यता र उताको नभनी नेकपा एक ढिक्का बनाएरै लैजान्छौं’, उनले भने । घाइते नेकपाको उपचार भएको भुसालको प्रतिक्रिया छ ।
ओली समूहमा लागेका धेरै नेताहरु संसद् विघटनको विपक्षमा रहेको भुसालले बताए । ‘उहाँसँग लागेकाहरु ठूलो संख्यामा संसद् पुनर्स्थापनाकै पक्षमा हुनुहुन्थ्यो । अब छोड्न सक्नुहुन्छ’, उनले भने । नेकपालाई एकढिक्का बनाएर लैजान कहाँकहाँ, के-के गर्नुपर्ने त्यो सबै गर्ने भुसालले बताए ।
ओलीले संसद् विघटन गरेपछि भुसालले मन्त्री पद छोडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4