Comments Add Comment

सर्वोच्चको फैसलालाई जनमोर्चाले गर्‍यो स्वागत

११ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भनेर संसद विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उक्त निर्णयलाई हामीले स्वागत गर्दछौँ र सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment