Comments Add Comment

मुलुक अस्थिरतामा जाने देखियो, पार्टी एकता अभियान जगाउँदा राम्रो : महेश बस्नेत

११ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् ।

‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने उनको भनाइ छ ।

सँगै, अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।

संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ । तर, २०५२ देखि ०६२ सम्मको राजनीतिक विकृति दोहोरिन दिन नहुने बस्नेतले बताए । ‘नेताहरुले २०५२ देखि २०६२ साल सम्मको राजनीतिक विकृति र विसंगतितर्फ मुलुक लैजादैनौं भनेर सुझबुझपूर्ण ढंगले अबको राजनीति ह्याण्डिल गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment