+
+
Shares

पुनर्स्थापना स्वागतयोग्य तर प्रतिगमन विरोधी संघर्ष रोकिँदैन : नागरिक आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते २०:५३

११ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलित बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

‘पुस ५ गतेको असंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले आज बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको छ’ बृहत नागरिक आन्दोलनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस फैसलाले संवैधानिक प्रक्रिया सुचारु गर्न राजनीतिक दलहरूलाई वैधानिक बाटो दिएको छ ।’

संसद पुनर्स्थापना भएपनि प्रतिगमन विरुद्धको आन्दोलन भने जारी रहने नागरिक आन्दोलनले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक न्याय सहितको लोकतन्त्रलाई आमनागरिकले जीवन्त रुपमा महसुस गर्न सकिने अवस्था निर्माण गर्न तथा तमाम असन्तुष्ट समुदायहरूले अपनत्व बोध गर्न सक्ने गरी संविधानलाई अध्यावधिक गर्न बृहत नागरिक आन्दोलन निरन्तर संघर्षरत रहनेछ ।’

राजनीतिलाई जनताको पकडमा ल्याउन विभिन्न नागरिक तथा सामाजिक समूहहरूसँग संवाद गर्दै नित्य खबरदारी गरिरहने नागरिक आन्दोलनले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?