Comments Add Comment

साविक विजेता बायर्नको सहज जित, लेवान्डोस्कीले राहुललाई पछि पारे

१२ फागुन, काठमाडौं । साविक विजेता बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लाजियोमाथि सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ ले पराजित गरेको हो ।

लाजियोको मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक-एक गोल गरे । यस्तै लाजियोका खेलाडीले एक आत्मघाती गोल उपहार दिए ।

लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काए । खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

यस गोलपछि च्याम्पियन्स लिगमा ७२औं गोल गरेका लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो स्थानमा समेत उक्लिएका छन् । क्रिस्टियानो रोनाल्डोले सर्वाधिक १३४ गोल गर्दा लिओनल मेसीले ११९ गोल गरेका छन् । राहुल गोन्जालेजले ७१ गोल गरेका छन् । लेवान्डोस्कीले राहुललाई पछि पारेका हुन् ।

२४ औं मिनेटमा १७ वर्षीय युवा खेलाडी जमलले डेयु गोल गर्दै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । गर्दा बायर्नको अग्रता दोब्बर बन्यो । ४२ औं मिनेटमा सानेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गरेपछि बायर्नले ४-० को अग्रता बनाएको थियो । लाजियोका लागि ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काए ।

बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment