+
+

टेस्लाको शेयर घटेसँगै मस्कले गुमाए विश्वकै धनी व्यक्तिको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १३:१२

१२ फागुन, काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्ला कम्पनीको शेयरको भाउ घटेसँगै कम्पनीका सीईओ एलन मस्कले पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको उपाधि गुमाएका छन् ।

टेस्लाको शेयर गत जनवरीको सुरुवातमा अहिलेसम्मकै सबैभन्दा उच्च ८८० डलरमा पुगेको थियो । त्यसयता कम्पनीको शेयरको भाउ २० प्रतिशतभन्दा धेरै घटिसकेको छ । विशेषगरी पछिल्लो एक सातामा टेस्लाको शेयरको भाउमा ठूलो गिरावट आएको हो । भर्चुअल मुद्रा बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानीको जोखिमपूर्ण निर्णयसँगै टेस्लाको शेयरको भाउमा कमी आएको हो ।

टेस्लाको शेयरको भाउसँगै सोमबार एकैदिन मस्कको सम्पत्ति पनि १५ अर्ब २० करोड डलरले घटेको थियो । यससँगै मस्कको समग्र सम्पत्ति एक खर्ब ८३ अर्ब डलरमा झरेको छ । अमेजनका सीईओ जेफ बेजोसको समग्र सम्पत्ति एक खर्ब ८६ अर्ब डलर छ । सोमबार टेस्लाको शेयरको भाउ एकैदिन ८ प्रतिशतभन्दा धेरैले घटेको थियो । गत वर्षको सेप्टेम्बरपछि पहिलोपटक टेस्लाको शेयरको भाउ सोमबार ठूलो अंकले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?