Comments Add Comment

चिनियाँ अदालतले दियो पत्नीलाई घरमा लगाएको कामको भुक्तानी दिन निर्देशन

१२ फागुन, काठमाडौं । चीनको बेइजिङस्थित एक अदालतले एक पत्नीलाई घरको काममा लगाएको भन्दै एक व्यक्तिलाई त्यसको भुक्तानीस्वरुप ५० हजार युआन (करिब ७ हजार ७०८ अमेरिकी डलर) बुझाउन निर्देशन दिएको छ । चिनियाँ अदालतले पहिलोपटक सम्बन्धविच्छेदको मुद्दामा यस्तो फैसला सुनाएको हो । महिलालाई पाँच वर्षसम्म कुनै तलब नदिई घरको काममा लगाएको भन्दै अदालतले महिलालाई उक्त कामको भुक्तानी दिनुपर्ने फैसला सुनाएको हो ।

यससँगै चिनियाँ घरेलु काममा महिलाको महत्वबारे अनलाइनमा बहस सुरु भएको छ । चीनले ल्याएको नयाँ नागरिक कानुनपछि अदालतले यस्तो फैसला गरेको हो । अदालतको फैसलाअनुसार चेन थर भएका एक व्यक्तिले आफ्नी वेन थर भएकी पत्नीसँग सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए । उनीहरुले सन् २०१५ मा विवाह गरेका थिए । सुरुमा यो निर्णयमा महिला आक्रोशित देखिएकी थिइन् तर पछि उनले क्षतिपूर्ति पाउनुपर्ने निवेदन दिइन् । उनले चेनले आफूलाई घरको कुनै पनि काम वा बच्चाको स्याहारमा नसघाएको उल्लेख गरेकी थिइन् ।

अदालतले वेनलाई मासिक दुई हजार युआन दिन र उनले गरेको कामको ५० हजार युआन दिनुपर्ने फैसला सुनाएको हो । अदालतल उनीहरुको सम्पत्ति आधा आधा गर्ने पनि फैसलामा उल्लेख गरेको छ । अहिले चीनले ल्याएको नयाँ नागरिक कानुनमा पत्नीले बच्चाको स्याहारमा बढी जिम्मेवारी बहन गरेको अवस्थामा क्षतिपूर्तिको दाबी गर्न सक्ने अधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment