+
+
Shares

अदालतको आदेश अवज्ञा गर्दै मलेसियाले फर्कायो म्यानमारका नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १५:१२

१२ फागुन, काठमाडौं । मलेसियाले एक हजार ८६ म्यानमारका नागरिकलाई आफ्नै मुलुक फर्काइदिएको छ । अदालतको आदेश र मानव अधिकारवादी समूहको आग्रहलाई बेवास्ता गर्दै मलेसियाले उनीहरुलाई फर्कादिएको हो । यसअघि यो प्रक्रिया रोक्न अदालतले मलेसियाको सरकारलाई आदेश दिएको थियो । मानव अधिकारवादी समूहले पनि म्यानमारमा बस्न नसक्ने अवस्थाको कारण मलेसिया आएको भन्दै उनीहरुलाई फिर्ता नपठाउन आग्रह गर्दै आएका थिए ।

मानव अधिकारवादी समूहका अनुसार अहिले म्यानमारमा पनि सेनाले कू गरेको अवस्थामा उनीहरुलाई मुलुक फर्काउनु जोखिमपूर्ण हुन सक्छ । मलेसियाले भने आप्रवासनको नियमको उल्लंघनको आरोपमा फिर्ता पठाइएको दाबी गरेको छ । उनीहरु मलेसियामा बसोबासका लागि शरण माग्न नआएको पनि मलेसियाको दाबी छ । मलेसियाले अहिले फिर्ता पठाइएका सबै मानिसहरु आफ्नै चाहनाअनुसार म्यानमार फर्किन लागेको उल्लेख गरेको छ ।

मलेसियाले यसअघि १२ सय मानिसहरुलाई आफ्नै मुलुकमा फर्काइने बताएको थियो । तर, यो संख्या किन घट्यो भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?