Comments Add Comment

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या २६८४ पुग्यो

१२ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको  पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment