+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तयार भयो प्रतिनिधिसभाको बैठक हल (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ फागुन १२ गते १७:५५

१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा बैठक सञ्चालनको आन्तरिक तयारीबारे छलफल गरेका थिए ।

‘छलफलबाट हामीले काम बाडफाँट गर्‍यौं आजै सरसफाइ लगायतका कार्य सम्पन्न भएको छ’ पाण्डेले भने, ‘अधिवेशन आह्वान भएको खण्डमा अब हामी जुनसुकै दिन संसद बैठक राख्न सक्छौं ।’

कोरोना सुरक्षा सतर्कता 

प्रवक्ता पाण्डेका अनुसार कोरोना भइरस (कोभिड–१९) बाट बच्ने उपायहरु अपनाइएको छ ।

‘एउटा सिट छोडेर बस्नेगरी माननीयहरुको लागि सिट मिलाएका छौं । कोरोना भाइरस फैलिन नदिनेसम्बन्धी स्वास्थ्य प्रोटोकललाई ख्याल गरेर सोही अनुसार व्यवस्थापन गरिएको छ’ प्रवक्ता पाण्डेले जानकारी दिए ।

सर्वोच्च अदालतको आदेश अनुसार १३ दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्नेछ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?