Comments Add Comment

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

१३ फागुन, बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू र उपाध्यक्ष हरि अर्यालले उम्मेदवारी दिएका छन् ।

संघको २४औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सहमति नभएपछि चुनाव हुन लागेको हो । २५ सदस्यीय कार्यसमितिमा अधिकांश पदाधिकारी निर्विरोध भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्षसहित सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा सदस्य पदको लागि आज (बिहीबार) मतदान हुँदै छ ।

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराई निर्विरोध निर्वाचित भैसकेका छन् ।

एशोसियट सदस्यमा आनन्दप्रसाद ओझा, ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतीक पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने ४ जना उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा नवीन श्रेष्ठ र भेषराज गैरेबीच तथा सचिव पदमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुईजना महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ निर्वाचन समितिले जनाएको छ ।
संघमा १ हजार ६ सय १३ मतदाता रहेका छन् । दिउँसो ५ बजेसम्म मतदान अवधि निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment