
१३ फागुन, काठमाडौं । भारत र पाकिस्तानको सेनाबीच सीमाक्षेत्र तथा अन्य क्षेत्रमा बिहीबारदेखि लागू हुने गरी शान्ति कायम राख्ने सहमति भएको छ । अब दुई मुलुकको सीमाक्षेत्रमा गोली चल्नेछैन ।
भारत र पाकिस्तान दुवैले सीमाक्षेत्रमा शान्ति सम्झौता उल्लंघन गरिरहेको समाचार आइरहेको समयमा दुवै मुलुकका सेनाका शीर्ष अधिकारीले यस्तो सहमति गरेका हुन् । यससँगै अब दुवै मुलुकले यसअघि भएको सबै किसिमको सम्झौता पालना गर्ने बताएका छन् ।
दुई मुलुकका सेनाले अहिले सीमाक्षेत्रमा रहेको परिस्थितिको विषयमा पनि समीक्षा गरेका थिए । उनीहरुको बीतमा हटलाइनको माध्यमबाट वार्ता भएको थियो । उनीहरुले दुवैतर्फ जारी आन्तरिक मुद्दा तथा समस्याको कारण दुवैतर्फ शान्ति भङ्ग हुने खतरा रहेको भन्दै सीमाक्षेत्रमा संघर्षविराम गर्ने सहमति गरेका हुन् । यद्यपि भारतीय सेनाले भने यो सहमति भए पनि जम्मु कश्मीरको आफ्नो हिस्सामा कुनै पनि चरमपन्थविरोधी कारबाही भने जारी राखिने बताएको छ ।
प्रतिक्रिया 4