Comments Add Comment

एकदिवसीय क्रिकेटमा पृथ्वीको कीर्तिमानी दोहोरो शतक

१३ फागुन, काठमाडौं । भारतीय टेष्ट टिमका सदस्य रहीसकेका युवा क्रिकेटर पृथ्वी शाले विजय हजार ट्रफी एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गरेका छन् ।

नियमित कप्तान श्रेयास अयेरलाई विश्राम दिएपछि मुम्बईको सिनियर टिमको कप्तानी समेत गर्दै ब्याटिङ गरेका २१ वर्षीय पृथ्वीले पुडुचेरी विरुद्ध २२७ रन बनाए । विजय हजारे ट्रफीमा यो व्यक्तिगत उच्च स्कोर हो ।

ओपनिङ गरेका पृथ्वी अन्तिमसम्म ब्याटिङ गर्दै अविजित रहे । उनले १५२ बल खेल्दै ३१ चौका र ५ छक्का प्रहार गरे । पृथ्वीले बाउण्ड्रीबाट मात्रै १५४ रन जोडेका थिए ।

पृथ्वीले दोस्रो विकेटका लागि विकेटकिपर आदित्य तारेसँग १५३ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग २०१ रनको साझेदारी गरे । यादवले पनि शतक प्रहार गरे । उनले ५८ बल खेल्दै २२ चौका र ४ छक्का मद्दतमा १३३ रन बनाए ।

पृथ्वीको दोहोरो शतक र सूर्यको शतक मद्दतमा मुम्बईले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ४५७ रन बनाएको छ । लिस्ट ए क्रिकेटमा मुम्बईले बनाएको उक्त स्कवर पनि अहिलेसम्मकै उच्च हो ।

पुडुचेरीका पंकज सिंहले २ तथा सागर त्रिभेदी र सुरेस कुमारले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment