+
+

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १३:१६

१४ फागुन , काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको शुक्रबारकालागि ८८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोला भाउ ८८ हजार ३५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । बिहीबार १३५५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको आजको बजार भाउ प्रतितोला १३३५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?