+
+
Shares

गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १८:५२

महिलाले प्रयोग गर्ने गर्भनिरोधक उपायको बारेमा त धेरैले सुनिरहेका हुन सक्छन् । तर गर्भ निरोधका लागि पुरुषले प्रयोग गर्ने उपाय धेरैको लागि नौलो विषय हुन सक्छ । पुरुषले पनि गर्भनिरोधक उपाय अपनाउन सक्छन् । तर कस्तो अवस्थामा र कसरी पुरुषले गर्भनिरोधक उपाय अपनाउने ? वा कस्ता कस्ता उपायहरू बजारमा पाइन्छ ? यसबारेमा तल केही जिज्ञासा मेट्ने कोसिस गरिएको छ ।

केवल ३० मिनेटको सजिलो प्रक्रिया
यो विधि सुरक्षित र सजिलो छ। यसमा केवल ३० मिनेटमा गर्भनिरोध सम्बन्धी सबै काम सम्पन्न गरिन्छ । नसबन्‍दी गरेपछि शुक्राणुले महिलाको योनीसम्म पुग्न दिँदैन । यस प्रक्रियामा शुक्रकीट बहने नली ब्लक गर्ने गरिन्छ । जसले शुक्राणुलाई अण्डकोषबाट मूत्रमार्गसम्म पुर्‍याउँछ ।

थप बच्चाको आवश्यकता छैन भने उपयुक्त

यो विकल्प छनौट गर्नुहोस् यदि तपाईंको परिवार पूरा भएको छ वा तपाईं अरू बच्चा चाहनुहुन्न। जहाँसम्म कि यदि उन्नत प्रविधिको सहयोगमा यसरी नसबन्दी पछि पनि बच्चा आवश्यक भयो भने ट्युबलाई पुन: सुरू गर्न सकिन्छ । तर यो प्रक्रिया सधैं सफल हुँदैन, त्यसैले सन्‍तानको पर्याप्ततापछि मात्रै यो प्रविधि प्रयोग गर्न सकिन्छ । यो विधि महिलाको नसबन्दीभन्दा कम खर्चिलो विकल्प हो। भारतका विभिन्न सहरहरूमा यस्ता उपायहरू धेरैले अपनाउने गरेका छन् ।

भ्रमका कारण छनौट गर्दैनन् सजिला विकल्पहरू
पुरुष नसबंदीको सम्बन्धमा धेरै अलमल रहेको पाइन्छ । जसमध्ये एउटा यो विकल्पले प्रोस्टेट क्यान्सरको जोखिम पनि बढाउँछ भन्ने तर्क पनि रहेको पाइन्छ । जबकि चिकित्सकहरू यस विधिको टेस्टिकुलर क्यान्सरसँग कुनै सरोकार नरहेको बताउँछन् । यो विधि पुरुषहरूको लागि पूर्ण सुरक्षित मानिन्छ। केही व्यक्तिहरू यो सोच्दछन् कि यो एक शक्तिशाली र सजिलो विधि हो ।

यस प्रक्रिया पछि हल्का दुखाइ महसुस हुन्छ तर यो सामान्य हो । यो दुखाइ बिस्तारै आफैँमा हट्नेछ । केही दिनमा तपाईं सामान्य हुनुहुन्छ तर डाक्टरहरू नसबन्द गरेका व्यक्तिलाई १५ दिनसम्म कुनै पनि भारी बोक्न निषेध गर्छन् । त्यहाँ एक भ्रम पनि रहेको पाइन्छ कि एउटा पुरुष नसबन्दी हुनुले वैवाहिक जीवनलाई असर गर्छ भन्ने । तर यसमा पनि कुनै सत्यता नरहेको चिकित्सकहरू बताउँछन् । यो केवल गर्भनिरोधको विकल्प मात्रै हो।

पुरुष नसबन्दीको साइड इफेक्ट
पुरुष नसबन्दीले शरीरमा कुनै साइड इफेक्ट हुँदैन। तर यो कुरा ध्यानमा राख्नुपर्छ कि यो केवल एक गर्भनिरोधक विकल्प मात्र हो, त्यसैले यसले एड्स, सिफलिस जस्ता रोगबाट सुरक्षा प्रदान गर्दैन। यस्तो सुरक्षाको लागि तपाईंले अन्य विकल्पहरू छनौट गर्नुपर्ने हुन्छ।

अर्को समस्याको कुरा यो हो कि यसपछि तपाईं भविष्यमा बच्चाको योजना गर्न सक्नुहुन्न । त्यसकारण तपाईंले यसबारेमा राम्रोसँग सोचविचार गरेर निर्णय लिनुपर्छ ।

पुरुष नसबन्दीको फाइदाहरू
१. यो विधि सस्तो र सजिलो समाधान हो । ती जोडी जो आफ्नो परिवारको योजना पूरा गरेर बसेका छन् । यो उनीहरूको लागि उपयुक्त विधि हो ।

२. यसले शरीरको कुनै पनि भागमा नकारात्मक प्रभाव पार्दैन। बान्ता वा गम्भीर दुखाइ जस्ता चीजहरू यस प्रक्रियामा देखा पर्दैन ।

३. यो विकल्प अपनाएर तपाईंले आफ्नो विवाहित जीवन अझ राम्रो बनाउन सक्नुहुन्छ।

४. यो विधि अपनाएपछि शरीरको अंगमा कुनै रक्तस्राव हुँदैन।

५‍‍. अनप्लान गर्भावस्थाबाट बच्नको लागि एक सुरक्षित विकल्प हो। धेरैचोटि दम्पतीहरूले गर्भावस्थाको योजना गर्दैनन्, जसका कारण उनीहरूले कष्ट भोग्नुपर्छ, यसबाट बच्नको लागि पुरुष नसबन्दी अपनाउन सकिन्छ ।

६. यो स्थायी विकल्प हो, त्यसैले तपाई यस पछि गर्भावस्थाको बारेमा चिन्ता लिनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?