Comments Add Comment

उदयपुर र रुकुममा गरी दुईजना मृत फेला

१५ फागुन, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधार खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । त्रियुगा नगरपालिका–१४ साउनेका ५५ वर्षीय लीलबहादुर मगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ कल्लेदेउ डाँडामा पनि अर्का एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बाफिकोट गाउँपालिका–४ छिनखेतका ४१ वर्षीय मित्रलाल खड्का शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment