+
+

२ घण्टामै सेयर बजार परिसूचक ५८ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १३:२२

१६, फागुन, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ ।

ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन् । बिहीबार २५५४ अंकमा पुगेको नेप्से परिसूचक आइतबार कारोबार सुरु हुँदा ३.६६ अंकले बढेको थियो । त्यसपछि निरन्तर ६९ अंकले घटेको बजारमा बिस्तारै सुधार देखिन खोजेपनि सन्तोषजनक भने छैन । दिउँसो १ बजेसम्म दोस्रो बजारमा ५ अर्ब ५ करोड भन्दा धेरैको कारोबार भएको छ ।

घट्दो मूल्यमा अहिले पनि बजारमा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को शेयर कारोबार सबै भन्दा धेरै देखिएको छ । चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ४ प्रतिशत भन्दा माथि घट्दो लेबलमा कारोबार भइरहेको छ ।

बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु चिन्तित देखिएका छन् । शेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले बजारमा धैर्यता कायम राख्न लगानीकर्तालाई आग्रह गरेका छन् ।

‘आगोको विशेषता राफ निकाल्नु भएजस्तै शेयर बजारको विशेषता घट्नु वा बढ्नु हो एक दिन घट्दैमा धैर्यता नगुमाऔं बजारमा त्यस्तो केही भएको छैन,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?