Comments Add Comment

कहाँ भयो विश्वचर्चित परम्परागत खानाको उत्पत्ति ?

खाना विश्वभरिको सांस्कृतिक पहिचानको एउटा उत्कृष्ट नमुना हो । केही समय अघि बीबीसीको मास्टर सेफ प्रतिस्पर्धामा पोलेको माछा, आलुको अचार, करेला र  टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर तयार पारेको नेपाली परिकारले विश्वमा चर्चा पायो । यसरी नै नेपालको थकाली खानाले नेपाल बाहिर पनि चर्चा पाउन थालिसकेको छ ।

व्यापारिक दृष्टिले होस् या भ्रमणको क्रममा नै किन नहोस् । विभिन्न ठाउँमा जाने पर्यटकहरुले विभिन्न ठाउँका परम्परागत खानाहरुलाई प्रसारित गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् । विश्व चर्चित बनेका केही परम्परागत खानाहरुको उत्पत्ति र त्यसको प्रसारको इतिहास आफैँमा रोचक छ । ती खानाहरू आफैँमा आश्चर्यजनक छन् ।

१५औं शताब्दीमा पोर्चुगलमा उत्पत्ति भएको भिण्डालु जस्ता परिकारहरु भारत वर्षसम्म आइपुग्दा मांसाहारीबाट शाकाहारी बन्न पुगे । पहिले भेण्डालुमा सुगुरको मासु प्रयोग हुन्थ्यो । तर अहिले कुखुरा, राँगोको मासु वा शाकाहारी परिकार समेत पाइन्छ । यद्यपि यस्ता कतिपय विशिष्ट परिकारहरू आफ्नो मौलिक ठाउँबाट माथि उठेर विश्वभरि नै प्रसारित भइसकेका छन् । त्यस्ता केही विश्वचर्चित परिकारहरुको उत्पत्ति र कहाँसम्म विस्तार भयो ? भन्ने विषयमा तल उल्लेख गरिएको छ ।

खुर्सानी
उत्पत्ति: दक्षिण अमेरिका (पेरु र मेक्सिको)
गन्तव्य: युरोप र एसिया
विस्तार: १९४२ मा कोलम्बियन एक्सचेन्ज वा पोर्चुगेली व्यापारीहरुको माध्यमबाट बसाईं सरेको हो । यो ७५०० वर्ष इसापूर्वदेखि नै मानिसको डाइटको एउटा महत्वपूर्ण अंशको रुपमा विकास भएको मान्ने गरिन्छ । यो स्पेन लगायत मुलुकमा औषधीय प्रयोजनको लागि प्रयोग गरिन्छ ।

भेनिल्ला
उत्पत्ति: दक्षिण अमेरिका (ग्वाटामाला र मेक्सिको)
गन्तव्य: युरोप, उत्तर अमेरिका र एसिया
विस्तार: १५ औं शताब्दीमा युरोपबाट दक्षिण अमेरिकामा प्रवेश गर्यो । भेनिल्ला विश्वको सबैभन्दा महँगो परिकारको रूपमा चिनिन्छ ।

गोलभेँडा
उत्पत्तिः दक्षिण अमेरिका
गन्तव्य: युरोप, दक्षिण अफ्रिका र एसिया
विस्तार: १९४३ सालमा कोलम्बियन एक्सचेन्जको समयमा दक्षिण अमेरिकाबाट युरोपमा बसाइँ सरेको ।

माछा तथा आलु
उत्पत्ति: स्पेन र पोर्चुगल
गन्तव्य: बेलायत
विस्तार: १७ औं शताब्दीमा युरोपमा फैलिएको । बेलायत पुग्नुभन्दा पहिले पहिले स्पेन र पोर्चुगलमा पनि यसको अवशेष पाइएको छ ।

भिण्डालु
उत्पत्ति: पोर्चुगल
गन्तव्य: एसिया(भारत)
विस्तार: १५औं शताब्दीमा पोर्चुगिजहरुको प्रभावमा गोवामा यसको प्रभाव परेको थियो । पहिले भेण्डालुमा सुगुरको मासु प्रयोग हुन्थ्यो । तर अहिले कुखुरा, राँगोको मासु वा शाकाहारी परिकार समेत पाइन्छ ।

फ्रेन्चफ्राइ
उत्पत्ति: बेल्जियम र फ्रान्स
गन्तव्य: युके र युएसए
विस्तार: १९ औं शताब्दीमा यसको प्रसार युरोपबाट भयो । सन् १९४० मा अमेरिकन फास्ट फुडको विकास भएपछि यसले चर्चा पाउन थाल्यो । अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले सन् १८०२ मा ह्वाइट हाउसमा समेत फ्रेन्च फ्राइ मगाउने गर्थे ।

दुनोट
उत्पत्ति: प्राचीन ग्रीस
गन्तव्य: युएसए
विस्तार: सन् १८४७ मा यसले न्युयोर्कमा विस्तार भएको थियो ।

चिजकेक
उत्पत्ति: प्राचीन ग्रीस
गन्तव्य: युएसए
विस्तार: ओलम्पिकको समयभन्दा पहिले पुरातन ग्रीकमा यो खानेकुरा विशेष थियो । अहिले यो परिकार संयुक्त राज्य अमेरिकाको सबैभन्दा लोकप्रिय मिठाइ हो ।

कफी
उत्पत्तिः उत्तर अफ्रिका र इथियोपिया
गन्तव्य: अमेरिका, युरोप
विस्तार: १६ औं शताब्दीमा यो युरोपमा फैलियो । १७२७ मा दक्षिण अमेरिकामा यसको विकास भयो ।

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment