Comments Add Comment

केरुङ नाका भोलिदेखि खुल्ने

१६ फागुन, काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि खुल्न लागेको हो ।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो । ‘सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक-दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निकै मेहनत गर्नुपरेको थियो ।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयासबाट नाका खोल्न नसकिने जानकारी माथिल्लो निकायलाई गराइएको थियो । परराष्ट्र मन्त्रालयले बेइजिङस्थित दूतावास र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।

केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ । नाका नखुल्दा कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ भने राज्यको दैनिक दुई करोडभन्दा बढी राजस्व गुमिरहेको छ । नाका बन्द हुँदा स्थानीय तथा नाकामा कारोबार गर्ने व्यापारीलाई समेत रोजीरोटीको चिन्ता बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment