Comments Add Comment

हुलासको ‘गल्भाअलुम ड्युराकलर’ बजारमा

नेपालमै पहिलो पटक प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा कर्प अन्र्तगतको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडबाट नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको शुरुवात गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ ।

गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिंग गरी उत्पादन गरिने भएको हुनाले साधारण ग्याल्भनाईज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधि क्षमता ३ गुणा बढी हुने भएकोले गल्भाअलुम कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहनेछ ।

गल्भाअलुम रंगीन कर्कटपाता ड्युराकलरको ब्राण्डमा उपलब्ध हुनेछ ।

नेपालमा पहिलो पटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोगमा ल्याईएको हुनाले कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने कम्पाीको दावी छ ।

हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कटपाताहरु नेपाली बजारमा कम्पनी कै डिलरहरु, डिपो तथा शाखा कार्यालयहरुमा उपलब्ध हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment