+
+

एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीई ब्याक्होलोडर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १६:५२

नेपालको लागि एक्स्कर्स मसिनको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभी इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीई ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ।

नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिनको साथमा छ।

डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडिको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको छ।

रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा शक्तिशाली तथा ठूलो आकारका लीड लाइट प्रयोग गरिएको छ।

यसमा आरामदायी सिट र उचित भेन्टिलेसन सिस्ट्म जडान गरिएको छ। अगाडि र पछाडि दुवै क्याबिनको झ्याल खोल्न सकिने हुँदा मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुन्छ।

यसमा पावर स्टेरिङको सुविधा छ। सहजै मसिन सञ्चालन गर्नलाई स्वीच साथै इन्सट्रुमेन्ट बोर्डमा लाइटिङ्गको व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?