Comments Add Comment

जब घर नजिकै भेटियो ह्वेलको बान्ता, महिला बनिन् रातारात करोडपति

थाइल्याण्डमा एकजना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आकारको त्यो डल्लो बहुमूल्य थियो र उनलाई रातारात करोडपति बनाइदिएको छ ।

सिरिपोन नियामरिन आँधीसहितको वर्षा रोकिएसँगै तटीय क्षेत्रमा रहेको आफ्नो घरबाहिर निस्केर हिँडिरहेकी थिइन् । नाखोन सी थाम्माराट प्रान्तमा रहेको उनको घर नजिकै तटमा उनले एउटा अनौठो डल्लो देखिन् । गत फेब्रुअरी २३ को घटना हो यो ।

उनी त्यो वस्तुको नजिकै गइन् र यसो सुँघी हेर्दा त्यो माछाको गन्धजस्तो लाग्यो ।

त्यो चिज अनौठो मात्र नभइ बेच्न पनि सकिन्छ कि भन्ने आशामा उनले त्यसलाई बोकेर आफ्नो घर ल्याइन् ।

७ केजी तौलको उक्त डल्लो १२ इन्च चौडा र २४ इन्च लामो थियो ।

अन्ततः उनले त्यो डल्लो ह्वेलमाछाको बान्ता भएको थाहा पाइन् । ह्वेलको बान्तालाई एम्बेरग्रिस भनिन्छ । उनले फेला पारेको त्यो डल्लोको मूल्य १ लाख ८६ हजार ब्रिटिस पाउण्ड अर्थात् ३ करोड रुपैयाँ भन्दा धेरै पर्ने बताइएको छ ।

उनले आफ्नो घरमा सुरक्षित राखेको त्यो डल्लोको विज्ञद्धारा परीक्षण गर्न आउनका लागि स्थानीय सरकारसँग आग्रह गरेकी छिन् । त्यो बिक्री भएर प्राप्त हुने रकमले आफ्नो समुदायलाई पनि सहयोग गर्ने उनको इच्छा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment