+
+

भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १३:३७

१८ फागुन, काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् ।

लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् ।

कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेका हुन् । मिङमाले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र करिब १० ग्राम चरेस बरामद भएको पर्साका प्रहरी नावय उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

नियन्त्रणमा लिएका शेर्पालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?