
१८ फागुन, काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो ।
भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा प्रहरीले श्रेष्ठको डेरामा छापा मारेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4