Comments Add Comment

आईपीएल भन्दा पीएसएल र एलपीएल उत्कृष्ट : डेल स्टेन

१८ फागुन, काठमाडौं । दक्षिण अफ्रिकन फास्ट बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा पाकिस्तान सुपर लिग (पीएसएल) र लंका प्रिमियर लिग (एलपीएल)उत्कृष्ट रहेको बताएका छन् ।

३७ वर्षीय स्टेनले आईपीएलमाको तुलनामा पीएसएल र एलपीएल बढी प्रभावकारी रहेको बताए । उनले आईपीएलमा पैसा धेरै केन्द्रमा हुने भन्दै क्रिकेट बिर्सने बताए । यस्तै अन्य लिगमा भने क्रिकेट केन्द्रित हुने बताए ।

क्रिकेट पाकिस्तानसँग कुरा गर्दै स्टेनले आईपीएल २०२१ बाट टाढा रहनुको कारण बताएका हुन् । ‘जब तपाईं पीएसएल वा लंका प्रिमियर खेल नजानुहुन्छ त्यहाँ क्रिकेटको महत्व हुन्छ । म यहाँ (पाकिस्तान) आएको केही दिन मात्र भयो र यहाँ मानिसहरु मेरो रुम बाहिर आउँछन् र मैले कसरी खेलेँ कसरी यहाँ आइपुगे भन्ने बारेमा जान्न चाहन्छन्,’ स्टेनले भने, ‘जब म आईपीएलमा जान्छु त्यहाँ हराइएको जस्तो हुन्छ र मुख्य विषय तपाईंले बइपीएलबाट कति पैसा कमाउनुभयो भन्ने हुन्छ । इमानदार भएर भन्दा त्यसबाट म टाढा रहन चाहेँ र क्रिकेट खेल्ने विषयमा ध्यान दिन थालेँ ।’

स्टेनले पीएसएल र एलपीएलमा खेलाडीलाई धेरै सम्मान दिने बताए । ‘जब तपाईं आईपीएलमा जानुहुन्छ, त्यहाँ ठूलो टिम हुन्छ र धेरै ठूला नाम हुन्छन् । त्यसैले खेलाडी कति पैसा कमायो त्यसमा केन्द्रित हुन्छ । कुनै समयम क्रिकेट बिर्सिइन्छ ।’

स्टेनले आईपीएल २०२१ को मिनी अक्सनअघि ने रोएल च्यालेन्जर्स बैंगलोरबाट आफ्नो नाम फिर्ता लिएका थिए । २०२० मा उनले बैंगलोरबाट जम्मा ३ खेल खेलेका थिए ।

२०१५ यता स्टेनले आईपीएलमा जम्मा १२ खेल खेलेका छन् ।

स्टेनले आईपीएलमा अहिलेसम्म ९५ खेल खेल्दै ६.९१ को इकोनोमीमा ९७ विकेट लिएका छन् । उनले डेक्कन चार्जर्स, सनराइजर्स हैदरावाद, गुजरात लायन्स र बैंगलोरबाट खेलेका छन् ।

स्टेन हाल क्वेट्टा ग्लाडिएटर्सबाट पीएसएल खेलिरहेका छन् । त्यसअघि उनले एलपीएलमा क्यान्डी टस्कर्सबाट खेलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment