Comments Add Comment

सरु, एन्जिला, गीता र अनिताले पाकिस्तानमा फुटबल खेल्ने

१८ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको बेस्ट प्लेअर सरु लिम्बुसहित चार नेपाली महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने भएका छन् । राष्ट्रिय टोलीका सदस्य सरुसहित एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् ।

एन्जिला गोलकिपर हुन भने गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन् । एपीएफलाई राष्ट्रिय लिगमा अपराजित रहँदै च्याम्पियन बनाउन चारै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

चारै नेपाली खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) को आयोजनामा हुने लिगमा खेल्न लागेका हुन् । ‘पहिलो पटक विदेशी लिग खेल्न जाँदैछौँ’ एपीएफसँगै राष्ट्रिय टिमकी पहिलो रोजाईँका गोलकिपर एन्जिलाले अनलाइनखबरसँग भनिन्

यस्तै अनिता केसीले पनि पहिलो पटक विदेश खेल्ने खबरले उत्साहित भएको बताइन् । चारै नेपाली खेलाडीले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । नेपाली खेलाडी बिहीबार दुबई हुँदै पाकिस्तान प्रस्थान गर्नेछन् ।

यसअघि नेपालबाट सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले भारतमा इन्डिन वुमन्स लिग खेलेका थिए । दुई वर्ष अघि साम्बा र अनिताले सेथु क्लबलाई खेल्दै उपाधि जितेका थिए । गत सिजन साम्बाले गोकुलमबाट खेल्दै उपाधि जितेकी थिइन् ।

पाकिस्तानमा महिला फुटबल च्याम्पियनसिप यही मार्च ८ देखि अप्रिल ३ सम्म कराँचीमा आयोजना हुँदैछ । प्रतियोगितामा कूल २० क्लबको सहभागीता रहनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment