Comments Add Comment

युभेन्ट्सको सहज जित

१९ फागुन, काठमाडौं । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए मा स्पेजियविरुद्ध सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियलाई ३-० ले पराजित गरेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले ३ गोल गर्‍यो ।

युभेन्ट्सका लागि ६१औं मिनेटमा अल्भारो मोराटा, ७१औं मिनेटमा फेडेरिको फिएसो र ८९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । यस सिजन लिगमा रोनाल्डोको यो २०औं गोल हो । उनी लगातार १२ सिजन युरोपको टप फायभ लिगमा २० गोल गर्ने पहिलो खेलाडीसमेत बने ।

जितपछि तेस्रो स्थानको युभेन्ट्सले २४ खेलबाट ४९ अंक जोडेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टर भन्दा ७ अंकले पछि छ भने दोस्रो स्थानको एसि मिलानभन्दा ३ अंकले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment