Comments Add Comment

कृतार्थशमशेरको ‘दी स्याडोज इन सिलिअन’ सार्वजनिक

१९ फागुन, काठमाडौं । कृतार्थशमशेर जबराको पहिलो उपन्यास ‘दी स्याडोज इन सिलिअन’ मंगलबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङ, डा. कमलराज सिंह राठौर, समीक्षक दीपेन्द्र अधिकारी र सगुना शाहले अंग्रेजी भाषामा लेखिएको उक्त उपन्यास सार्वजनिक गरे ।

उपकूलपति गुरुङले काव्यसाधनाले मात्र व्यक्तिको यश र इज्जत–प्रतिष्ठा बढाउने भएकाले त्यसमा लाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘सेनाका जनशक्ति शस्त्र मात्र होइन, शास्त्रको चाल पनि अघि बढाउन सक्षम छन् भन्ने उदाहरण यो उपन्यासले दिएको छ ।’

उपन्यासको समीक्षा गर्दै समालोचक दीपेन्द्र अधिकारीले मध्ययुगीन समयको काल्पनिक राज्य र पात्रको सिर्जना गरेर लेखिएको उपन्यास भाषा र शब्द चयनका हिसाबले विशिष्ट रहेको बताए । समीक्षक सगुना शाहले पनि लेखनकला, विषयवस्तु, पात्र चयन, क्रियाकलाप र पृष्ठभूमि निकै प्रभावशाली रहेको र अन्य पुस्तकको तुलनामा स्तरीय रहेको बताइन् ।

प्राध्यापक कमलसिंह राठौरले सेनाको व्यस्त जीवनमा रहँदा आफ्नो सिर्जनशीलताको उपयोग गरी कृति तयार गर्नु प्रशंसनीय काम रहेको बताए । उनले लेखक कृतार्थशमशेरको सिर्जनशील क्षमताको सही क्षेत्रमा उपयोग भइरहेको भन्दै शुभकामना दिए ।

रेड पाण्डा बुक्सले प्रकाशन गरेको ४०६ पृष्ठको उपन्यासको मूल्य ४९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment