+
+
Shares

ओलीसँग एकता हुँदैन, अरु नेताहरु आउन सक्छन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १८:५२

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता नहुने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले ओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्ने बताए । ‘संविधान र लोकतन्त्रमाथि घात गरेर अगाडि बढ्ने, सर्वोच्च अदालतले हराएपछि पनि मेरो कुरा ठीक हो भन्नेसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नुहोस्’, उनले भने ।

एकताको सम्पूर्ण ढोका ओलीले नै बन्द गरिसकेको उनले बताए । ‘एकताको बेलुन उडाउने अनि हामीविरुद्ध निर्णय लिँदै हिँड्ने गरिरहेका छन्’, उनले भने, ‘ओलीसँग एकता सम्भव छैन, तर त्यहाँ रहेका साथीहरु आउँछन् भने कसैलाई भेदभाव गरिँदैन । ओलीको पक्षमा लागेको आधारमा प्रतिशोध लिइँदैन ।’

ओलीको पक्षमा लागेकै कारण कोही नेतामाथि भेदभावपूर्ण अभिव्यक्ति नदिन पनि नेपालले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । ‘सर्वोच्च अदालतको फैसला आउनु अघि दिइएको अभिव्यक्तिका आधारमा भेदभाव गर्नु हुँदैन’ उनले भने, ‘केपी ओलीसँग चाहिँ हुँदैन, यसमा अलमलमा नपर्नुहोस् ।’

ओली समूहमा कतिपय इमान्दार नेताहरु रहेकाले उनीहरुलाई स्वागत गर्ने अध्यक्ष नेपालले प्रष्ट्याए ।

तर, बुधबारकै बैठकले ओली समूहका सातजना नेतालाई कारवाही गरेको छ । पार्टी नीति विपरित गतिविधि गरेको ठहर गर्दै सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, कर्ण थापा, प्रभु साह, शान्ता चौधरी र सूर्य थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?