Comments Add Comment

हलमा नयाँ नेपाली फिल्म

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ ।

किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता हरि लामा हुन् । चलचित्रमा तिर्थ राम कोजु, हरि थापाको लगानी छ ।

गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना यूवाहरुको कथालाई चलचित्रले उठाएको छ । यो चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको एक्सन, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ ।

यो चलचित्रलाई मल्टिप्लेक्समा पनि राम्रो शोज उपलब्ध छ । तर, चलचित्रको प्रचार निकै कम भएकाले पनि दर्शक हलसम्म आउनेमा शंका व्यक्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment