Comments Add Comment

स्थानीयको विरोधकाबीच मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास

२१ फागुन, काठमाडौं । स्थानीयको विरोधका बीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार दिउँसो औद्योगिक क्षेत्र शिलान्यास गरेका हुन् ।

आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । विहीबार शिलान्यास समारोहको मञ्च स्थानीयले भत्काइदिएका थिए । सुरक्षाकर्मीसमेतको सहयोगमा रातारात मञ्च निर्माण गरिएको थियो ।

यद्यपि शुक्रबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आएपछि प्रदर्शनकारीलाई प्रहरीले लखेटेको थियो । सो क्रममा अर्थमन्त्री पौडेलको गाडीलाई लक्षित गरी ढुंगा प्रहारसमेत भएको थियो ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले सरकारले प्रभावितलाई बसोबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र बनाउन लागेकाले प्रतिकारमा उत्रिन बाध्य भएको बताए । शुद्धोधन गाउँपालिका– ३ का सखुवानी, बेतही र बेतहानीमा २ सय घर र करिब ३ सय जनाको खेत गरी १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा पर्ने भएकाले वैकल्पिक व्यवस्था गरिनुपर्ने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment