+
+

अब हाम्रो पात्रोमै अंग्रेजी सिक्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १९:०१

हाम्रो पात्रोमा अब अंग्रेजी भाषा समेत सिक्न पाइने भएको छ । हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिकाई सुरु गरेको हो ।

यो पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अंग्रेजी उच्चारणमा सघाउने कम्पनीको विश्वास छ । विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरुका अनुभव सहित अंग्रेजी उच्चारणमा आइपर्ने व्यवहारिक समस्या र त्यसको सही उच्चारणको विषयमाथि केन्द्रित हुनेछ ।

कक्षाकोठामा शिक्षकसँग प्रश्न सोध्न, ग्राहकसँग कुराकानी गर्न र विदेशी व्यक्तिहरुसँग पूर्ण आत्मविश्वासका साथ कुरा गर्न यो पोडकास्टले सहयोग पुर्याउनेछ । हाम्रोपात्रो इंकका अनुसार हाम्रो पोडकास्ट अन्तर्गत दुई सातामा एउटा नयाँ एपिसोड अपलोड हुनेछ । तीन वटा एपिसोड अपलोड भइसकेको यो पोडकास्ट खास गरी दश कक्षा माथिको अध्ययन गरेका व्यक्तिहरुलाई लक्षित गरी सुरु गरिएको हो ।

‘पोडकास्ट आधारभूत अंग्रेजी सिकाईमा भन्दा पनि अंग्रेजी जानेका तर उच्चारणमा समस्या भएका प्रयोगकर्ता प्रति लक्षित गरेका छौं,’ पोडकास्ट सञ्चालक पोखरेलले भने, ‘अंग्रेजी जानेपनि उच्चारण नमिल्दा विदेशीहरुलाई आफ्नो कुरा बुझाउन नसक्ने समस्या धेरैले भोगिरहेका हुन्छन् । यसबाट त्यस्ता व्यक्तिहरुलाई अंग्रेजी प्रस्ट बुझ्न तथा बोल्न सहयोग पुग्ने आशा लिएका छौं ।’

कम्पनीले पोडकास्टलाई विशेष प्राथमिकताका साथ छुट्टै वेबसाइट पोडकास्ट डट हाम्रोपात्रो डट कम सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक शंकर उप्रेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?