Comments Add Comment

काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ ।

दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण केसी र कुशल मल्ल मेयर्स कपका लागि टिममा फर्केका छन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन आर्मी प्लइङ सेट : विनोद भण्डारी (कप्तान), विक्रम सोब, भिम शार्की, सोमपाल कामी, करण केसी, राजेश पुलामी, रोहित कुमार पौडेल, सुशन भारी, शाहाब आलम, लोकेश बम, कुशल मल्ल .

एपीएफ प्लेइङ सेट : शरद भेषावकर (कप्तान), बसन्त रेग्मी, शंकर राना, सन्दिप जोरा, कमल सिंह ऐरी, सुमित महर्जन, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सुबास खकुरेल, अभिनाश बोहरा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment