+
+

शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते ९:१०

२३ फागुन,बुटवल । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा गोबिन्द खनाल चयन भएका छन् ।

पोखरामा सम्पन्न समाजको २३ औं केन्द्रीय परिषद बैठकबाट रुपन्देहीका खनाल सभापतिमा चयन भएका हुन् । उनी यसअघि समाजको वरिष्ठ उपसभापति थिए ।

समाजको वरिष्ठ उपसभापतिमा सुशील बस्नेत,उपसभापति कृष्ण रावल (पाल्पा), महिला उपसभापति रत्न लक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल (काठमाडौ) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, ७ जना प्रदेश सचिव र ४ जना समावेशी सचिवमा क्रमशः विकास थापा (मोरङ), अमरबहादुर गौतम (पर्सा ), बाबुहरी आचार्य (चितवन), धिरज थापा (कास्की), मिना ढकाल (रुपन्देही ), पुष्पा मल्ल  (सुर्खेत) र मदन बहादुर कुँवर (अछाम) चयन भएका छन् । अर्घाखाँचीका विष्णु भुसाल केन्द्रीय सदस्यमा चयन भएका छन् ।

बैठकले देशमा नयाँ शासन व्यवस्था आएपनि मानव अधिकार र लोकतन्त्र कमजोर अवस्थामै रहेको ठहर गर्दै शान्ति समाजको भूमिकालाई अझ शसक्त बनाउँदै लैजाने निर्णयसमेत गरेको छ ।

बैठकले प्रतिनिधि सभा विघटलाई लोकतन्त्रमाथिको प्रहार भनेको छ । सर्वोच्चले संसद पुनःस्थापना गरेर लोकतन्त्रालाई बचाएको समाजको निष्कर्ष छ । नयाँ संविधान जारी भएर तीन तहका सरकार बने पनि सुशासन कायम हुन नसक्नु सरकारको कमजोरी भएको समाजले ठहर गरेको छ ।

समाजका नवनिर्वाचित अध्यक्ष खनालले संसद पुनःस्थापना उपलब्धि भए पनि त्यसलाई जोगाउन शान्ति समाजको भूमिका अझै बढेको बताए ।

पछिल्ला घटना क्रमले लोकतन्त्र र मानवअधिकार सुरक्षित हुन नसकेको पुष्टि गरेको भन्दै उनले त्यसका लगि जनस्तरमा सचेतना र नेतृत्वलाई सही मार्गमा हिड्न दबाब दिनुपर्ने जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?