+
+

संसद बैठक : प्रचण्ड र ओली पक्षका सांसद एउटै लहरमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १२:३१

२३ फागुन, काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् ।

दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’

प्रवक्ता पाण्डेले भने, ‘नेकपाका सांसदहरु पहिले जहाँ–जहाँ बस्थे अहिले पनि त्यही बस्नुहुन्छ । संसदीय दलको नेता र प्रमुख सचेतक फरक–फरक भन्ने जुन आएको छ । हामीले बुझ्दा नेकपा एउटै छ त्यसकारण पहिले जहाँ बस्नुहुन्थ्यो अहिले त्यहीँ बस्नुहुन्छ । छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन गर्ने भन्ने हुँदैन, छैन ।’

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।

सरकारले गत पुस ५ गते संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना हुने फैसला गरेको थियो । सोही पुनःस्थापित संसदको बैठक आइतबार अपराह्न चार बजे बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?