+
+
Shares

कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १५:०७

२३ फागुन, काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।

शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको सापकोटाले बताए । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।

संघका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र युएईमा ५० जना नेपालीको मृत्यु भएको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ जना निको भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार पछिल्लो साता स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?