+
+

ओलीले बोलाए संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १७:१२

२३ फागुन, काठमाडौं । पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले भने । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?