+
+

अवैध रुपमा भित्र्याउँदै गरेकाे लत्ताकपडासहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १७:४०

२३ फागुन, काठमाडौं । अवैध रुपमा भित्र्याउँदै गरेकाे लत्ताकपडासहित धनुषाको सीमा क्षेत्रबाट तीनजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषको जनकनन्दनी गाउँपालिका–१ बस्ने १९ वर्षीय ललितकुमार साफी, २१ वर्षिय विकासकुमार महतो र कमला नगरपालिका–८ बस्ने २३ वर्षीय कृष्ण यादव छन् ।

जनकनन्दनी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट दुई लाख ६८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित आइतबार सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुईवटा मोटरसाइकलमा राखेर उनीहरुले भारतबाट अवैध रुपले उक्त लत्ताकपडा नेपालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?