Comments Add Comment

समयमै पाठ्यपुस्तक छाप्न शिक्षामन्त्रीको निर्देशन

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् ।

मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए ।

कुनैपनि हालतमा विद्यार्थीलाई अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उनले निर्देशन दिए । ‘पुस्तक नै विद्यार्थीलाई समयमा दिन सकेन भन्ने आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । अब वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न,’ उनले भने, ‘त्यसको लागि तपाईंहरुलाई के अप्ठ्यारो छ ? पाठ्यक्रमबाट तपाईंहरुलाई सामग्री नआएको हो भने किन ढिला भएको छ, तत्काल आफैं पनि पहल गर्नुस् ।’

कुनैपनि पुस्तकको छपाइ समयमा गर्ने र काठमाडौंमा बसेर जुम्लाको विकट गाउँको विद्यालयमा पनि त्यसलाई पु¥याउनुपर्छ भनेर सम्झन उनले आग्रह गरे । ‘यहाँ त सजिलै पाउनुहोला । सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरु सप्लाई हुनुपर्‍यो । अब नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुँदैछ,’ उनले भने, ‘१ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईंहरुले गर्नैपर्छ । प्रकाशित पुस्तकहरु समयमै त्यो ठाउँमा पुग्नैपर्छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनका लागि मतपत्र छाप्न पनि जनक शिक्षा सामाग्री केन्द्र तयारी अवस्थामा रहनुपर्ने बताए । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment